सुर्खेत। राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेतजिल्लाका दुइवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ । जसअनुसारक्षेत्र नं. १ बाट मोहन थापा र क्षेत्र नं.२ बाट पूर्णबहादुर शाही रहेका छन् । क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका थापा लामो समय देखि राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्षको भूमिका निर्वाह गरेका एक कुशल संगठक हुन भने सबै भन्दा लामो समय सुर्खेतको शान्त सिमितिको पनि नेतृव गरेका थिए । उनको कार्याकाल विवाद रहित बनेको थियो । त्यस्तै क्षेत्र नं २ का उम्मेदवार शाही सेवानिवृत्त शक्षिक हुन । उनी हाल राष्ट्रिय जनमोर्चाका सेवा निवृत्त शिक्षक हुन ।

सेवा कालिन अवस्था बाट निवृत्त भई निरन्तर राष्ट्रिय जनमोर्चाको सांगठनिक अभियानमा सक्रिय छन् । शसस्त्र द्धन्दको क्रममा राज्य पक्ष् र विद्रोही पक्षको दोहोरो मारमा परी कैयौ. पटक शाररिीक र मानसिक यातनाका शिकार पनि बनेका शाही पहिलो पटक संसदीय निर्वाचनमा डेव्यु गरेका छन् । राजमोले चुनावी प्रतिस्पर्धामा सुर्खेतमा उतारेका दुबैजना उम्मेदवारहरू इमानदार, संघर्षशील र जनमुखी नेताका रूपमा परिचित छन् । लामो समयदेखि जनताको हक–अधिकार, सामाजिक न्याय र राष्ट्रियता जस्ता मुद्दामा सक्रिय रहेका यी नेताहरूले सुर्खेत जिल्लामा पार्टीको वैचारिक आधार मजबुत बनाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्