सुर्खेत । सुर्खेेत क्षेत्र नं.२ मा यसपालिको प्रतिनिधिसभा निर्वाचन रोचक हुने भएको छ । युवा नेताहरु चुनावी मैदानमा उत्रिदा प्रतिस्पर्धा रोच हुने देखिएको हाे । जसमा पनि सबै उम्मेद्वारहरु पहिलो पटक चुनावी भिड्न्तमा उत्रिएका छन् ।

पहिलो पटकमै युवा भेट्रान उम्मेद्वारको भिडन्त हेर्न लायक हुने भएको छ । विशेषगरी मुख्य दलका युवा नेताहरु पार्टीभित्र भेट्रान बर्गमा पर्दछन् । जसमध्ये नेपाली कांग्रेसबाट चुनावी मैदानमा उत्रिका नेता नारायण कोइराला एक हुन् । जसले पार्टीभित्र मध्यमार्गी र बौद्धिक युवा नेताको परिचय बनाएका छन् । काँग्रेसमा युवाहरुको भात्रृ संस्था दरुण दल सुर्खेत जिल्ला अध्यक्षहुँदै सक्रिय राजनीतिमा होमिएका कोइराला रणनीतिक र विकास निर्माणका रणनीतिककार पनि हुन् । काँग्रेस विभाजन भएर कठिन मोडमा गएको समयमा तरुण दलको अध्यक्ष भएर जिम्मेवारी लिएका उनै कोइराला काँग्रेसभित्रको विवादकै बेला संसदीय राजनीतिमा होमिएका छन् ।

काँग्रेसभित्र अहिलेको विवाद नभए सदाबहार उम्मेद्वार हृदयराम थानीले चुनावी प्रतिस्पर्धामा आउँथे । तर विशेष महाधिवेशन लगत्तै कांग्रेसमा विवाद बढेकै समयमा थानीले चुनावी मैदान खाली गर्न पुगेका छन् । पाटी विवादकै कारण उनी चुनाव नभिड्ने घोषणा गरेका थिए । जसका कारण यस्तो कठिन समय कांग्रेसले उनै कोइरालालाई अघि सारेको छ । कानुनका अध्यता समेत रहेका उनी सुर्खेत उपत्यकका नगरविकास समितिको अध्यक्ष हुँदा बुलबुले उद्यानको बृहत र आधुनिक गुरुयोजना बनाएर अघि बढेका कोइरालाई पछिल्लो समय गुटगत राजनीतिकबाट टाढा रहदै आएका थिए । लामो समयसम्म हृदयराम थानी निकट रहेर काम गरेको उनले पछिल्लो समय पार्टीभित्रको गुटगत राजनीतिकलाई अन्त्य गर्नुपर्छ भन्ने मध्यमार्गी बाटोमा अघि बढेका छन् । सुर्खेतमा विशेषगरी नेता पूर्ण बहादुर खड्का र हृदयराम थानीले पार्टीभित्र चरम गुटबन्दी सिर्जना गरेका छन् । यी नै दुई नेताहरुले सिर्जना गरेको गुटगत राजनीतिका कारण कांग्रेस कमजोर बन्दै गएको भन्दै कोइरालाले मध्यमर्गी बाटो अपनाएका थिए ।

त्यस्तै नेकपा एमालेबाट क्षेत्र नं. २ मा उम्मेद्वार बनेका कुलमणि देवकोटा पनि पहिलो पटक संसदीय यात्राका लागि चुनावी मैदान उत्रिएका छन् । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल गुटका सक्रिय र बलिया खम्बा कुलमणि सुर्खेत उपत्यककामा खानेपानी वितरण गर्दै आएको तत्कालीन झुप्रा बृहत र हालको सुर्खेत उपत्यकका खानेपानी आयोजनाका सदाबहार नेतृत्वकर्ता हुन् । विगत लामो समयदेखि यही संस्थाको नेतृत्व गर्र्दै आएका देवकोटा एमालेको पार्टीको पनि नेतृत्व गर्दै आएका छन् । पूर्व अध्यक्ष अमृत बहादुर विसीलाई पराजयको धुलो चटाउँदै उनी पार्टीको नेतृत्व तहमा पुगेका थिए । उनै देवकोटा नेतृत्वमा पुगेपछि विसी समूहको ओरालो यात्रा लागेको छ । देवकोटा समूहको पेलानकै कारण पश्चिमका हरिप्रसाद अधिकारीले पार्टी नै परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीमा हामफालेका छन् । पार्टीभित्र कांग्रेस जस्तै एमालेमा पनि चरम गुटबन्दी छ । परिणमतः एमालेको ११ औँ अधिवेशनमा अमृत विसी प्रतिनिधि हुनबाट समेत बन्चित भएका थिए । हामो समयदेखि एमालेकै काजनीतिमा सक्रिय भएर २०७९ को प्रतिनिधिसभाका लागि उम्मेद्वार बनेका विसी प्रतिनिधिसमेत हुन नपाउनुले कुलमणि देवकोटाको गुटबाट पेलान परेको पुष्टि हुन्छ । सुर्खेत क्षेत्र नं. १ मा गुटगत पेलानकै कारण तत्कालीन एमालेका केन्द्रीय सदस्य ठम्मर विष्टले पार्टी नै छोड्न बाध्य भएका छन् । उनी हाल उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभाको लागि क्षेत्र नं. २ मा उम्मेद्वार समेत बनेका छन् । एमाले सुर्खेतमा एउटा गुटको नेतृत्व कर्णालीका मुख्यमन्त्री कँडेलले गर्दै आएका छन् भने अर्काे गुटको नेतृत्व नवराज रावतले गर्दै आएका छन् । राउत टिममा अमृत विसी, डण्डीप्रसाद शर्मा लगायतका नेताहरु छन् । कँडेल गुटमा देवकोटा, ध्रुवकुमार शाही, कविन्द्रकुमार केसी लगायतका नेताहरु छन् ।

त्यस्तै नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट प्रतिनिधिसभाको उम्मेद्वार बनेका झक बहादुर मल्ल पनि युवा बर्गका नेता हुन् । मुलुकको परिवर्तनका लागि भन्दै दश वर्षे जनयुद्धमा होमिएका मल्ल जेलनेल खाएका नेता हुन् । सुर्खेत जेल ब्रेकका कमाण्डर समेत रहेको मल्लले दश वर्षे जनयुद्धमा माओवादी सेनाको कमाण्डर समेत थिए । सर्वहार जनताको जीवन परिवर्तका लागि भन्दै भएको दश वर्षे जनयुद्धमा मल्लले ज्यूज्यानको कुनै प्रवाह नगरी राजनीतिमा होमिएका थिए । मुलुकमा शान्ति स्थापना भएको दुई दशकपछि उनी पहिलो पटक परीक्षणका लागि जनतासँग पुगेका छन् । नेकपामा बौद्धिक र नम्र स्वभावका उनी युवाहरुकै माग अनुसार चुनावी मैदान होमिएको बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका रमेश सापकोटा पनि युवा नेता हुन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका उनी मुलुकको माग अनुसार रास्वपामा प्रवेश गरेका बताउँछन् । सुर्खेतमा मध्यपश्चिम यातायात व्यवसायी संघ को सिन्डीकेट तोड्न र यातायातको व्यवसायीक विकासका लागि भन्दै सुर्खेत काँक्रेविहार यातायात व्यवसायी संघको नेतृत्व गरेका छन् ।
त्यस्तै रापपाबाट उम्मेद्वार बनेका कविराम पुरी पनि युवा बर्गकै नेता हुन् । सुर्खेत पश्चिमको विकास र राजसंस्था पुनस्र्थापनको मुख्य माग राखेर चुनावी मैदानमा उत्रिएका उनी राप्रपाभित्र राम्रो छवि बनाएका नेता हुन् । चुनावी परिणाम जे जस्तो भएपनि सुर्खेत क्षेत्र नं. २ को निर्वाचन यसपालि हेर्न लायक बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्