सुर्खेत । आगामी फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेतमा ३० जनाले उम्मेद्वारी दर्ता गराएका छन् । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेत क्षेत्र नं. १ मा १३ जना र क्षेत्र नं. २ मा १७ जनाले उम्मेद्वार दर्ता गराएका हुन् ।

जसमध्ये सुर्खेत क्षेत्र नं. १ मा नेपाली काँग्रेसबाट विष्णुबहादुर खड्का, नेकपा एमालेबाट ध्रुवकुमार शाही र नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट जीतबहादुर रानाले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट टेकबहादुर सिंह, नेमकीबाटा गजबहादुर खप्तडीमगर, नेकपा माओवादीबाट हिरु शाही, राष्ट्रिय जनमोर्चाबाट मोहन थापा, राप्रपाबाट रवि हमाल ठकुरी, श्रमसंस्कृति पार्टीबाट विर बहादुर राना, आम जनतापार्टीबाट रमेश सेन्चुरी, जसपा नेपालबाट धनसिंह सार्की, उज्योलोपार्टी नेपालबाट ठम्मर बहादुर विष्ट र मितेरी नेपाल पार्टीबाट प्रकाश बुढामगरले उम्मेद्वारी दर्ता गराएका हुन् ।

त्यस्तै सुर्खेत क्षेत्र नं. २ मा नेपाली काँग्रेसबाट नारायण कोइराला, नेएमा एमालेबाट कुलमणि देवकोटा, नेपाली कम्युष्टि पार्टी (नेकपा)बाट झकबहादुर मल्ल र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट रमेशकुमार सापकोटाले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यस्तै क्षेत्र नं. २ मै नेत्रबिक्रम चन्द्र विल्लव नेतृत्वको नेकपा माओवादीबाट र्धराज देवकोटा, प्रगतिशिल लोकतान्त्रीक पार्टीबाट पवन थापामगर, राष्ट्रिय जनमोर्चाबाट पूर्णबहादुर शाही, नेकपा संयुक्तबाट प्रेमबहादुर तारामीमगर, श्रम संस्कृति पार्टीबाट राजेन्द्र रायमाझी, नेपाल जनसेवा पार्टीबाट हृदयचन्द्र अधिकारी, राप्रपाबाट कविराम पुरी, उज्यालोपार्टी नेपालबाट गम्भीर सिंह भुल, नेपाल मजदुर पार्टीबाट तुल्सी खड्का, जनता समाजवादी पार्टी नेपालबाट दिपबहादुर नेपालीले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुर्खेत क्षेत्र नं. २ बाट उदिराम चुनारा, कृष्ण खत्री र रमेश परियारले स्वतन्त्र उम्मेद्वारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्