२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधि सभा निर्वाचन

मल्लले दर्ता गराए उम्मेदवारी दर्ता



सुर्खेत । आगामी प्रतिनिधि सभाका लागि सुर्खेत क्षेत्र नं. २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा झकबहादुर मल्लले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार अप्राह्न साढे १२ बजे मुख्यनिर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर मल्ल उम्मेदवारी दर्ता गराएका हुन् ।

मल्लकाे कर्णाली प्रदेशसभाका पूर्व उपसभामुख पुष्पा घर्ती विष्टकाे प्रस्ताव र खड्ग केसी समर्थक छन् ।
नेकपाकाे केन्द्रीय सदस्य समेत रहेका मल्ल पहिलो पटक संसदीय निर्वाचनमा भिड्न लागेका हुन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार