सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ मा नेपाली कांग्रेसले युवा नेता नारायण कोइरालालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । काँग्रेसले कोइरालालाई पहिलो पटक संसदीय निर्वाचनमा उम्मेद्वार बनाउन लागेको हो ।

नेपाली कांग्रेसका सदाबहार उम्मेद्वार हृदयराम थानीले निर्वाचन नलड्ने घोषणा गरेसँगै कोइराला चुनावी मैदानमा उत्रिएका हुन् ।
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्