सुर्खेत । नेकपा एमालेले सुर्खेत क्षेत्र नं. १ बाट ध्रुवकुमार शाहीलाई प्रतिनिधिसभाको उम्मेद्वार बनाउने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा शाहीलाई एमालेले उम्मेद्वार बनाउने निर्णय गरेको हो । एमाले केन्द्रीय कमिटीले ध्रुवलाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।
पूर्व सुर्खेत अर्थात सुर्खेत क्षेत्र १ मा २०७४ को निर्वाचनमा ध्रुव पहिलो पटक संसदीय निर्वाचन जितेका थिए । तत्कालीन अवस्थामा माओवादी केन्द्र र एमाले बीच चुनावी तालमेल हुँदा ध्रुवले नेपाली काँग्रेसका प्रभावशाली नेता पूर्णबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका थिए ।
जसबेला शाहीले तीन हजार तीन सय ८२ मतको अन्तरले खड्कालाई पराजित गरेका थिए । शाहीले कुल ३६ हजार ७ सय ५९ मत ल्याएर विजयी हुँदा उनका निकतम प्रतिस्पर्धी खड्काले ३३ हजार ३ सय ७७ मत मात्रै मात्र पाएका थिए ।
तर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा त्यसको ठिक उल्टो भएको थियो । ध्रुव २०७९ को प्रतिनिधिसभा निर्वाचनमा खड्कासँगै पराजित भएका थिए ।
जसबेला खड्काले शाहीलाई ११ हजार ६ सय १९ मतको अन्तरले पराजित गरेका थिए । खड्काले कुल ४२ हजार ६ सय ७ मत ल्याएर विजयी हुँदा शाहीले जम्मा ३० हजार ९ सय ८८ मत ल्याएका थिए । यो बेला खड्काले नेकपा माओवादी केन्द्रले सहयोग गरेको थियो । सोही कारण खड्काले चुनाव ठूलो मतान्तरले जित्न सफल भएका थिए । दुई पटक निर्वाचन लड्दा एक पटक हार र एक पटक जित हात पारेका ध्रुव फेरि पनि चुनावी मैदानमा उत्र्रिएका छन् ।

तुलनात्मक रुपमा यसपालि पनि शाही र खड्कालाई चुनाव जित्न सहज छैन । नेपाली काँग्रेसका सदाबहार उम्मेद्वार खड्का चुनावी मैदानमा उत्र्रिने पक्कापक्की छ । यसपालि पनि काँग्रेसले सुर्खेत क्षेत्र नं. १ बाट खड्काको नाम एकल सिफारिस गरेको छ । यही सावले पनि उनै खड्का फेरि चुनावी मैदानमा उत्र्रिने छ । यदि काँग्रेसले नयाँ अनुहार मैदानमा नउतारे अर्थात खड्कालाई नै अगाडि सोरेको खण्डमा तेस्रो पटक खड्का–शाहीको चुनावी ब्याटल सुरु हुने छ ।
यद्यपी यसपालिको निर्वाचनमा खड्कालाई पनि त्यति सहज देखिदैन । नेपाली काँग्रेसभित्रको किचलोका कारण केही रुपमा खड्कालाई बढी संघर्ष गर्नुपर्ने अवस्था आउने देखिन्छ । त्यसमा पनि पूर्वी सुर्खेतबाट टेकबहादुर सिंहले काँग्रेस परित्याग गरिसकेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा निर्वाचनमा भिड्ने तयारीमा छन् । जसका कारण सिम्ता क्षेत्रको भोट खड्का र शाही दुबैलाई घट्ने सम्भावना छ ।
उसो त क्षेत्र नं. १ का प्रभावशाली नेता ठम्मर विष्टले पनि एमालेको साथ छोडेका छन् । उनी अघिल्लो निर्वाचनमा एमालेसँगै थिए । जसका कारण शाहीलाई केही सहज भएको थियो । तर यसपालि उनै विष्ट उज्यालो नेपाल पार्टीबाट चुनावी मैदानमा उत्र्रिने तयारी छन् । शाहीलाई विष्ट र खड्कालाई सिंहले साथ छोडेपछि दुबैका लागि हिसाव किताव बराबर अवस्थामा छ । तर शाहीलाई एमालेका नेताहरु डण्डीप्रसाद शर्मा, घनसिंह खड्का र गगनसिंह सुनारको भूमिका खेल्ने भूमिका अझ महत्वपूर्ण हुने छ । किनकि यी तीन वटै नेताहरु आगामी प्रतिनिधिसभाको आकाँक्षी थिए । यद्यपी उम्मेद्वार सिफारिसका भने शाहीको मात्रै एकल सिफारिस गरिएको थियो । शाहीलाई सिम्ताका नेता कविन्द्रकुमार केसी, ऐनबहादुर चन्द र टेकेन्द्र बस्नेतको पनि बलियो साथ रहने देखिन्छ । किनकि यी सबै नेताहरु शाहीकै गुटका नेताहरु हुन् । यसर्थ पश्चिबाट ध्रुव दोस्रो पटक संसदीय राजनीतिमा उदाउन केसी, चन्द र बस्नेतको भरपूर साथ रहेन छ ।
प्रतिक्रिया दिनुहोस्