सुर्खेत । सुर्खेतका एमाले नेता कुलमणि देवकोटा पहिलो पटक संसदीय निर्वाचनमा भिड्ने पक्का भएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा कुलमणि भिड्ने पक्का पक्की भएको हो । शनिबार राती एमाले केन्द्रीय कमिटीलाई सुर्खेत क्षेत्र नं. २ मा कुलमणिलाई उम्मेद्वार बनाउने निर्णय गरेसँग उनी संसदीय संसदीय निर्वाचनमा भिड्ने पक्कापक्की भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावका लागि कुनै दलसँग पार्टी एकता नगरेको खण्डमा सुर्खेत क्षेत्र नंं. २ मा उनै कुलमणि निर्वाचन लड्ने छन् । यदि ओलीले कुनै दलसँग चुनावी तालमेल गरेको खण्डमा भने कुलमणि चुनावमा भिड्नेमा आशंका हुन सक्ने छ ।

विगतदेखि नै ओलीले नेपाली काँग्रेसँग चुनावी तालमेल गर्ने प्रयास गरेका थिए । काँग्रेससँग चुनावी तालमेल भए सयअघि अर्थात २०७९ को जसले निर्वाचन जीतेको छ सोही दलले टिकट पाउने चर्चा थियो । यदि सहमति भएको खण्डमा सुर्खेतका दुबै क्षेत्रमा काँग्रेसको भागमा पथ्र्याे । किनकि २०७९ को निर्वाचनमा सुर्खेत क्षेत्र नं. १ मा पूर्णबहादुर खड्का र क्षेत्र नं. २ का हृदयराम थानीले निर्वाचन जितेका थिए ।
२०७९ कै निर्वाचनलाई आधार मानेर टिकट वितरणहुँदा सुर्खेतमा एमालेले काँग्रेसलाई सघाउने अवस्थामा पुग्यो । यस्तोहुँदा सुर्खेतका दुइ बटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेद्वार हुन्थेनन् । फलतः कुलमणिको पहिलो पटक संसदीय यात्रामा ब्रेक लाग्थ्यो । तर तत्कालीन अवस्थामा काँग्रेससँग तालमेल गर्ने एमालेको सपना पूरा हुने सम्भावना छैन । विशेष महाधिवेशनबाट सभापति बनेका काँग्रेस सभापति गगनकुमार थापाले निर्वाचनमा कुनै पनि दलसँग चुनावी तालमेल नगर्ने बताएका छन् । थापाले बोली नफेरेको सुर्खेत कुलमणि नै निर्वाचन भिड्ने छन् ।
एमाले सुर्खेतको अध्यक्ष समेत रहेका कुलमणि कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको कुटका नेता हुन् ।
प्रतिक्रिया दिनुहोस्