२०८३ वैशाख ६ , आइतबार
कर्णालीमा एमालेले उम्मेदवार टुङ्गो लगायाे

कुन जिल्लाबाट कसले पाए टिकट ?



सुर्खेत । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कर्णाली प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कर्णालीका १० जिल्लाका १२ वटै प्रतिनिधि सभा सिटमा उम्मेदवार घोषणा गर्दै चुनावी तयारी तीव्र बनाएको हो।

एमालेले सार्वजनिक गरेको सूचीअनुसार सल्यानबाट गुलाबजंग शाह, रुकुम पश्चिमबाट नन्दराम देवकोटा उम्मेदवार बनेका छन्। सुर्खेतमा क्षेत्र नं. १ बाट ध्रुव शाही र क्षेत्र नं. २ बाट कुलमणि देवकोटा उम्मेदवार रहेका छन्।

यस्तै, कालिकोटबाट राष्ट्रिय सभाका पूर्व सदस्य नागेन्द्र शाही, जुम्लाबाट शान्तिलाल महत, मुगुबाट पूर्णबहादुर रोकाया र हुम्लाबाट दल फडेरा उम्मेदवार चयन भएका छन्।

डोल्पाबाट लङ्क रोकाया उम्मेदवार बनेका छन् भने दैलेखमा क्षेत्र नं. १ बाट रविन्द्रराज शर्मा र क्षेत्र नं. २ बाट लक्ष्मी पोखरेललाई मैदानमा उतारिएको छ। जाजरकोटबाट डम्मरबहादुर सिंह एमालेको उम्मेदवार छन्।

एमाले कर्णाली प्रदेश कमिटीले उम्मेदवार चयन गर्दा अनुभव, संगठनप्रतिको योगदान र स्थानीय जनसमर्थनलाई आधार बनाइएको जनाएको छ। पार्टीले कर्णाली प्रदेशमा विकास, सुशासन र स्थायित्वलाई प्रमुख चुनावी एजेन्डा बनाउँदै सबै सिट जित्ने लक्ष्यका साथ चुनावी अभियान अघि बढाउने तयारी गरेको बताएको छ।

उम्मेदवार टुंगो लागेसँगै एमालेले कर्णालीका जिल्लाहरूमा घरदैलो, कार्यकर्ता परिचालन र चुनावी सभा तीव्र बनाउने तयारी थालेको छ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार