सुर्खेत । आगामी फाुगन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सुर्खेतका दुई वटै निर्वाचन क्षेत्रमा उम्मेद्वार टुंगो लगाएको छ । जसमध्ये सुर्खेत क्षेत्र नं. १ मा जीतबहादुर राना र सुर्खेत क्षेत्र नं. २ मा झकबहादुर मल्ललाई उम्मेद्वार बनाएको हो । मल्ल र राना दुबैले पहिलो पटक संसदीय चुनावका लागि टिकट पाएका हुन् ।

उनीहरु दुबै जना तत्कालीन माओवादी केन्द्रका नेताहरु हुन् । नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्र लगायतका १८ वटा दलहरु मिलेपनि सुर्खेतमा पूर्व माओवादीकै नेताहरुले टिकट पाएका हुन् । राना र मल्ल दुबै जना तत्कालीन माओवादीले सुरु गरेको दश वर्षिय जनयुद्धमा सहभागी भएका नेताहरु हुन् ।
प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार
प्रतिक्रिया दिनुहोस्