२०८३ वैशाख ६ , आइतबार
खेलकुदको सदस्य–सचिवमा तीन जनाकाे नाम सिफारिस

रविन्द्र चन्द ६७.१७ अंकसहित पहिलो नम्बरमा



सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले परिषद्को सदस्य–सचिव सिफारिस गर्न गठित छनोट समितिले शनिबार अन्तिम तीन जनाको नाम नियुक्तीका लागि सिफारिस गरेको हो ।
सिफारिस सूचीअनुसार ६७.१७ अंकसहित पहिलो स्थानमा रविन्द्र चन्द (वीरेन्द्रनगर–७, सुर्खेत), ६०.६३ अंकसहित दोस्रो स्थानमा दिपक हमाल (भेरीगंगा–४, सुर्खेत) र ५२.३७ अंसहित तेस्रो स्थानमा प्रमोद हमाल (वीरेन्द्रनगर–५, सुर्खेत) रहेका छन् । सिफारिस भएका तीन जना मध्ये अब उपयुक्त पात्रलाइ मन्त्रिपरिषदकाे बैठकले नियुक्त गर्ने छ ।

मन्त्रालयले २०८२ असोज ३ गते सूचना प्रकाशित गर्दै सिफारिस सूची सार्वजनिक गरेको जनाएको छ ।
सूचनाअनुसार प्रारम्भिक योग्यताक्रमको सूचीमा परेका उम्मेदवारहरूमध्येबाट अन्तर्वार्ता तथा मूल्याङ्कनका आधारमा तीन जनाको नाम छनोट गरिएको हो । छनोट समितिले ‘कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिव छनोटसम्बन्धी मापदण्ड, २०८२’ अनुसार प्रक्रिया पूरा गरी सिफारिस गरेको मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले सिफारिस गरिएका उम्मेदवारहरूको नाम सम्बन्धित निकायमा पठाइसकिएको जनाएको छ । अब प्रदेश सरकारको निर्णयपछि परिषद्को सदस्य–सचिव नियुक्ति प्रक्रिया अघि बढ्नेछ ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार