२०८३ वैशाख ६ , आइतबार

नेकपाकाे कर्णाली प्रदेशसभा संसदीय दलको नेतामा शाही



सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई ध्वनी मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो ।


दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट, दुर्गाबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि ध्वनी मतले बहुमतको आधारमा शाहीलाई दलको नेतामा चयन भएका हुन् ।
दलको नेताका लागि शुक्रबारको बैठमा रणसिंह परियार र कृष्णबहादुर जिसीले पनि दाबी परेका थिए । तर शनिबारको बैठकमा परियार र जिसीले सहमतिका लागि दाबी छोडेका थिए । तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलको नेता थिए । गत मंसिर १७ गते दलको नेताबाट राजनीतामा दिए उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशिल लोकतान्त्रीक पार्टीमा लागेका थिए ।

प्रकाशित मिति : २०८२ माघ ३ गते शनिबार