सुर्खेत । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति बनेको गगनकुमार थापाले आधिकारिक मान्यता पाएका छन् । शुक्रबार साँझ निर्वाचन आयोगले थापालाई आधिकारिता प्रदान गर्ने निर्णय गरेको हो ।

आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्