२०८३ वैशाख ६ , आइतबार
एमाले निकट अपांगकाे बैठक

पाेख्रेलकाे नेतृत्वमा निर्वाचन प्रचार समिति गठन



सुर्खेत । नेकपा एमालेको जनसंगठन राष्ट्रिय अपाङ्गता संगठन नेपाल, कर्णाली प्रदेशको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ। बैठकले पार्टीलाई थप बलियो शक्ति निर्माण गर्ने उद्देश्यसहित प्रदेश अध्यक्ष झक्क पोख्रेलको संयोजकत्वमा निर्वाचन प्रचार एमाले निकट अपांगकाे बैठक गठन गर्ने निर्णय गरेको छ।

बैठकमा अपाङ्गता संगठनको मागअनुसार नेकपा एमाले केन्द्रीय कमिटी सदस्यमा निर्वाचित कमरेड बिरेन्द्र पोख्रेललाई पार्टी कर्णाली प्रदेश उपाध्यक्षद्वारा सम्मान गरिएको छ। साथै, जुम्लाका नवनप्रवेशी नन्दप्रसाद चौलागाईंलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरिएको छ।

कार्यक्रममा वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्न पार्टीले नीति तथा कार्यक्रममार्फत प्रभावकारी भूमिका खेल्दै आएको उल्लेख गर्दै आगामी दिनमा संगठनलाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

बैठक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा २०८२ साल माघ १ गते सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार