२०८३ वैशाख ६ , आइतबार

सुर्खेतमा ‘स्थानीय कर्मचारी क्रिकेट कप’



सुर्खेत । विहीबार (आज)देखि सुर्खेतको वीरेन्द्रनगरमा ‘स्थानीय कर्मचारी क्रिकेट कप २०८२ ’ सुरू भएको छ । कर्णालीमा क्रिकेट खेलको विकास गर्न र कर्मचारीबिचको अन्तर सम्बन्धलाई बलियो बनाउनका लागि प्रतियोगिता गरिएकाे हो ।


कालुन्चौक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदानमा हुने प्रतियोगितामा कर्णालीका जिल्लाबाट १२ वटा टिम सहभागी हुने भएका छ । स्थानीय तहमा कार्यरत कर्मचारीमात्र सहभागी हुने प्रतियोगिता टि–ट्वाइन्ट फ्रमेटमा हुने छ ।
प्रतियोगितामा प्रथम हुने ट्रफिसहित एक लाख, दोस्रोले ५० लाख र तेस्रोले ट्रफीमात्रै हात पार्ने आयोजक कमिटी कमिटीका संयोजक बिक्रम शाहीले जानकारी दिए । हरेक दिन दुई चार वटा खेल हुने प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुने छ ।

प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार