सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवको छनौट प्रक्रिया सुरु भएको छ । सदस्य सचिव नियुक्त नगर्दा दशौँ राष्ट्रिय प्रतियोगिता गर्न समस्या परेको चौतर्फी आलोचनापछि बुधबारदेखि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रारम्भीक सूचि प्रकाशित गरेको छ । बुधबार राती मन्त्रालयले आवेदन दिएकाहरु मध्येबाट दश जना आवेदकको प्रारम्भीक सूचि सार्वजनिक गरेको छ ।
सदस्य सचिव छनौट सिफारिस समितिले दरखास्त दिएका २१ जना उम्मेदवारमध्ये मूल्याङ्कनका आधारमा सफल भएका १० जनाको नाम प्रारम्भिक योग्यताको सूची सार्वजनिक गरेको छ । प्रारम्भीक सूचिमा परेका सबैलाई छनौट समितिले शनिबार अन्तरवार्ताका लागि बोलाएको छ ।
प्रारम्भिक योग्यता सूचीमा चन्दननाथ–१० जुम्लाका चेतन राज गिरी, भेरी–५ दैलेखका जगतप्रसाद रिजाल, भेरीगंगा–४ सुर्खेतका दीपक हमाल, वीरेन्द्रनगर–६ सुर्खेतका दिलिप बस्याल, खाँडाचक्र–७ कालिकोटका पञ्चबहादुर मल्ल, दुल्लु–८ दैलेखका पवनकुमार थापा, वीरेन्द्रनगर–६ सुर्खेतका प्रभात थापा, वीरेन्द्रनगर–५ सुर्खेतका प्रमोद हमाल, वीरेन्द्रनगर–७ सुर्खेतका रविन्द्र चन्द र नारायण–८ दैलेखकी हेमा खड्का प्रारम्भीक सूचिमा परेको छ ।
प्रारम्भिक योग्यतामा समावेश भएका उम्मेदवारहरूको अन्तर्वार्ताका लागि माघ ३ गते शनिबार बिहान ९ बजे मन्त्रालयमा अन्तरवार्ताका लागि बोलाएको छ । अन्तर्वार्ताका लागि उम्मेदवारहरू निर्धारित समयभन्दा एक घण्टा अगावै आवश्यक सबै सक्कल कागजातसहित उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्