सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले दशौ राष्टिय खेलकुद प्रतियोगिताका लागि संघीय सरकारले आफनो पूर्व तयारी नगरेको बताएका छन । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तासहितको प्रतिनिधि मण्डलसँग आज सुर्खेतमा भएको छलफलमा मुख्यमन्त्री कडेलले प्रतियोगितको मिति मात्र तोकेर नहुने भन्दै आफनो तर्फबाट तयारी गर्न सुझाव दिएका हुन । मुख्यमन्त्री कडेलले दशौँ राष्टिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्न प्रदेश सरकार तयार रहेको र प्रतियोगितालाई सफल बनाउन प्रदेश सरकारले पूर्ण सहयोग गर्ने बताए ।

छलफलमा मुख्यमन्त्री कडेलले पटक पटक मिति तोक्ने संघीय सरकारले अहिलेसम्म तयारी नगरेकोमा असन्तुष्टी जनाए । उनले भने, हाम्रो तपाईहरु खेलकुद खेलाउने गरि आउनुस हाम्रो हाम्रो तर्फवाट पूर्ण सहयोग रहन्छ, तर पटक पटक मिति तोकेर भुक्याउने काम नगर्नुस ।
मुख्यमन्त्री कडेलले खेलकुदका लागि चाहिने सामाग्रीसमेत खरिद नगरेकोले फागुणमा कसरी खेल खेलाउनुहुन्छ भन्ने प्रश्न समेत गरे । उनले भने, अहिलेसम्म खेलका लागि चाहिने सामान खरिद प्रक्रियासमेत गर्नु भएको रहनेछ, एक महिनामा कसरी खेल खेलाउने गरि तयारी गर्नुहुन्छ । मुख्यमन्त्री कडेलले कर्णालीमा खेल उदघाटन गरेर अन्त खेलाउने काम प्रदेश सरकारले स्वीकार नगर्ने बताए । मुख्यमन्त्री कडेलले पटक पटक मिति तोकेर खेल नगराउने तर प्रदेश सरकारको जिम्मा छोडने काममा असन्तुष्टी जनाए । उनले भने, तपाईहरुको कारणले प्रतियोगितको मिति सरिरहेको छ, जनतालाई ढाटने काम नगर्नुस ।
प्रतिक्रिया दिनुहोस्