२०८३ वैशाख ६ , आइतबार

कर्णालीको पोषण सुधार्न युरोपियन युनियनको ३१ लाख लगानी



सुर्खेत । कुपोषणामा सुधार ल्याउन दातृ निकायलै एकै वर्षमा ३१ लाखभन्दा बढी रकम लगानी गरेका छन् । यो रकम प्रदेश योजनना आयोगमार्फत गरिएको लगानी हो । दातृ निकायले पोषणाका क्षेत्रमा अन्य निकायसँग पनि लगानी गर्दै आएका छन् । सरकारको निकायसँग प्रत्येक्ष रुपमा गएको आर्थिक वर्ष २०८१÷०८२ मा यो रकम लगानी गरेका हुन् ।


जसमध्ये करास सेवा शुल्कका लागि युरोपियन युनियनले ५ लाख ३४ हजार रुपैयाँ लगानी गरेको छ । प्रदेशस्तरिय पोषण तथा खाद्य सुरक्षा समितिको बैठक, बहुक्षेत्रीय पोषण कार्यक्रमको अनुगन र सूचना तथा सचिवालय व्यवस्थापनका लागि थप ६ लाख रुपैयाँ खर्च गरेको छ ।
युरोपियन युनियनले नै बहुक्षेत्रीय पोषण कार्यक्रमको प्रदेशस्तरिय समीक्षाका कार्यक्रमका लागि थप २० लाख रुपैयाँ खर्च गरेको प्रदेश योजना आयोगले जनाएको छ ।
समग्रमा पोषण सुधारका लागि दातृ निकाय युरोपियन युनियनले कुल ३१ लाख ३४ हजार रुपैयाँ लगानी गरेको हो ।
यो कार्यक्रमबाट कर्णाली प्रदेशका दश जिल्लामा पोषण सुरक्षाका लागि जनशक्ति व्यवस्थापन पोषण सम्बन्धी विभिन्न गतिविधिहरु गरिएको छ ।
कार्यक्रमबाट प्रदेशस्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको गठन, कार्यक्रमको समीक्षा गरेको छ । कार्यक्रमबाट स्थानीय तहबीच आपसी समन्वय तथा सिकाई आदानप्रदानको असल अभ्यासको विकास, प्रदेशस्तरिय पोषण अभिमुखीकरण तथा सरसफाईका क्षेत्रमा सुधार, पोषण लक्षित कार्यक्रमका लागि बजेट बिनियोजन गर्ने नीतिको विकास र पोषणका क्षेत्रमा कार्यरत जनशक्तिको उत्पेरणा र मनोबलमा बृद्धि जस्ता उपलब्धिहरु प्राप्त भएको प्रदेश योजना आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुस २९ गते मंगलबार