लायन्स सप्ताहको अवसरमा सुर्खेतको वीरेन्द्रनगरस्थित पिपलचौतारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
मानव सेवामा समर्पित लायन्सको मूल मन्त्र “ध्भ क्भचखभ” लाई आत्मसात गर्दै समाजका लागि अत्यावश्यक तथा जीवनरक्षक सेवा प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा बोल्दै लायन्स क्लब सुर्खेत सिटीकी अध्यक्ष सिलु थापाले रक्तदान जस्तो पुण्य कार्यले आपतकालीन अवस्थामा थुप्रै जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले सामाजिक उत्तरदायित्वको भावना बोकेर सबै नागरिकलाई नियमित रूपमा रक्तदान तथा यस्ता सेवामूलक कार्यक्रममा सहभागी हुन आग्रह गरिन् ।
लायन्स क्लब सुर्खेत सिटीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय नागरिक, युवा वर्ग तथा लायन्स सदस्यहरूको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको थियो ।
लायन्स सप्ताहको अवसरमा क्लबले आगामी दिनहरूमा पनि विविध सामाजिक सेवा, स्वास्थ्य तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्विन जोन्सको जन्मदिनको अवसरमा हरेक वर्ष जनवरी ७ देखि १३ तारिखसम्म मनाइन्छ ।
प्रतिक्रिया दिनुहोस्