२०८३ वैशाख ६ , आइतबार
वीरेन्द्रनगर गौरवको आयोजना

बन्न थाल्यो मंगलगढीमा आकाशेपुल



सुर्खेत । सुर्खेतकोे मंगलगढी चौकमा काआशेपुलको निर्माण सुरु भएको छ । वीरेन्द्रनगर नगरपालिकाले आकाशे पुल बनाउन सुरु गरेको हो । एक करोड ५९ लाख ८६ हजार रुपैयाँमा आकाशेपुल निर्माण सुरु गरेको नगरपालिकाका मेयर मोहनमाया ढकालले जानकारी दिइन् । आकाशेपुल अर्जुन कन्ट्रक्सन प्रालि काठमाडौँले लिएको छ ।


आकाशे पुललाई वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नगर गौरवको आयोजना मंगलगढी अगाडि सारेको थियो । बढ्दो सवारी चापबाट हुनसक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्दै नागरिकको सहजताका लागि आकाशेपुल निर्माण थालिएको हो ।

मंगलगढीमा बन्ने पुलको डिजिटल आकृति

आकाशेपुल यही चैत मसान्तसम्म सक्ने लक्ष्य छ । पुल बनेपछि पैदल यात्रुलाई सडक पार गर्न सहज हुनेछ भने यसले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई समेत ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८२ पुस २८ गते सोमबार