२०८३ वैशाख ६ , आइतबार

ए डिभिजन खेल्ने खेलाडीलाई बिदाई



सुर्खेत । कर्णाली प्रदेशबाट ए डिभिजन लिंक खेल्ने खेलाडीहरूकाे विदाइ गरिएको छ । आइतबार वीरेन्द्रनगरकाे पिपल चाैतारामा आैपचारिक कार्यक्रम नै गरेर खेलाडीहरूकाे विदाइ गरिएको हाे । यसपालि कर्णालीकाे प्रतिनिधित्व गर्दै वीरेन्द्रनगरकाे काँक्रेविहार क्लबले “ए” डिभिजन राष्ट्रिय लिग फुटबल प्रतियोगिता–२०८२ मा सहभागिता हुन लागेकाे छ ।


साेही क्लबका खेलाडीहरूलाई सुर्खेतबाट बिदाई गरिएको हाे ।
बिदाई कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीको सहभागिता रहेको थियो। कार्यक्रममा मन्त्री भण्डारीले खेलाडीहरूलाई सफल खेल प्रदर्शनको शुभकामना दिँदै कर्णाली प्रदेशको खेलकुद विकासमा काँक्रेविहार क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सीमित स्रोतसाधनका बाबजुद राष्ट्रिय स्तरमा कर्णालीको पहिचान स्थापित गर्न सफल हुनु गर्वको विषय भएको उल्लेख गर्दै अनुशासन, आत्मविश्वास र टिम भावना कायम राखेर प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न खेलाडीहरूलाई प्रेरित गरे ।


काँक्रेविहार क्लबका खेलाडी तथा व्यवस्थापन टोलीले राष्ट्रिय लिग प्रतियोगितामा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रिय लिग फुटबल प्रतियोगिता–२०८२ ले कर्णालीका खेलाडीहरूलाई राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार