२०८३ वैशाख ६ , आइतबार

जनजागरणले मनायो २३ औँ वार्षिकोत्सव



सुर्खेत । वीरेन्द्रनगर–४ मा रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समूहले २३ वार्षिकोत्सव बनाएको छ । समूहले शनिबार २३ औँ वार्षिक साधारणसभा बनाएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिका उपप्रमुख उपमेयर निलकण्ठ खनालले बनलाई नागरिकको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए । उपभोक्ताको आर्थिक समृद्धिका लागि बनको संरक्षण गर्दै यसलाई आयमुलक गतिविधिसँग जोड्नुपर्ने बताए ।
समूहले आर्थिक वर्ष २०८१/०८२ मात्रै ३२ लाख भन्दा बढी कारोबार गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ लाख ४७ हजार ७ सय ६८ रुपैयाँ बराबरको कारोबार गरेको समूहका कोषाध्यक्ष कृष्णलाल न्यौपानेले जानकारी दिए ।


समूहको आर्थिक प्रगति प्रतिवेदन पेश गर्दै न्यौपानेले हाल समूहमा करिब ६ सय ५० जना उपभोक्ता सदस्यहरू रहेको समेत बताए । कार्यक्रममा समूहका अध्यक्ष मेघबहादुर बोहोराको समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै समूहलाई आगामी दिनमा अझ बनको संरक्षण र उपभोत्ताको संख्या बृद्धिमा समूहले विशेष ध्यान दिने बताए ।
कार्यक्रममा वीरेन्द्रनग ४ का वडा अध्यक्ष शेरबहादुर केसी, वडा सदस्य रामकृष्ण नेपाली, पिपलबोट बचत तथा ऋण सहकारी संस्थाका सचिव गणेशमान खनाल, जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज कँडेल, नेपाली कांग्रेस वडा सभापति गोविन्द शर्मा र विभिन्न टोल विकास संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८२ पुस २६ गते शनिबार