सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतमा चुनावमा होमिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा पूर्ण रुपमा चुनावमा होमिएको जनाएको छ । ‘हामी पूर्ण रुपमा चुनावमा होमिएका छौँ, मतदातासँग भेटघाट गर्न गाउँ–गाउँमा पस्छौँ’ नेकपाका नेताहरु भन्छन्, ‘क्षेत्र नं. २ मा त चुनावी कमाण्डर नै तोकिसक्यौँ क्षेत्र नं. १ मा पनि अभिायन तिब्र छ ।’

प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपाले निर्वाचन क्षेत्र नम्बर २ का लागि चुनावी कमान्डर तोकेको छ । कर्णाली प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत रहेका विष्ट प्रदेश सभा सांसद छन् । सो क्षेत्रमा नेकपाले पूर्व जनमुक्ति सेनाका लडाकु झकबहादुर मल्ल ‘सुदीप’लाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
अन्य राजनीतिक दलहरूले उम्मेदवार टुंग्याउँदै गर्दा नेकपाले भने चुनावी अभियानलाई व्यवस्थित रूपमा अगाडि बढाइसकेको जनाएको छ । बिहीबार उम्मेदवार मल्लको अध्यक्षतामा बसेको केन्द्रीय समिति सदस्य तथा सल्लाहकारहरूको बैठकले चुनावी रणनीतिलाई सशक्त बनाउन सातवटा महत्वपूर्ण समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले राजनीतिक संवाद, आर्थिक व्यवस्थापन, सूचना प्रविधि तथा प्रचार–प्रसार र युवा परिचालनलगायतका क्षेत्र समेट्ने गरी समितिहरू गठन गरेको छ । राजनीतिक संवाद समितिको संयोजकमा केदारकुमार कँडेल, आर्थिक व्यवस्थापन समितिको संयोजकमा रत्नबहादुर गाहा, सूचना प्रविधि तथा प्रचार–प्रसार समितिको संयोजकमा वसन्तकुमार विश्वकर्मा र युवा परिचालन समितिको संयोजकमा दानसिंह सुनारलाई जिम्मेवारी दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्