सुर्खेत । नेकपा एमाले कर्णालीका नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । सम्पन्न एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जका रूपमा जिम्मेवारी प्रदान गरिएको हो ।

केन्द्रीय कमिटीले बाँडफाँड गरेको जिम्मेवारी अनुसार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् ।
जिम्मेवारी अनुसार सल्यान जिल्लाको संयोजकमा गोविन्द पुनले पाएका छन् । त्यस्तै डोल्पामा बद्मी क्वारी बुढा (बोहोरा), मुगुमा जीतबहादुर मल्ल, हुम्लामा दल रावल, कालीकोटमा नागेन्द्र शाही (नेशनल०, जाजरकोटमा डम्मर बहादुर सिंहले संयोजकको जिम्मेवारीमा पाएका छन् ।

त्यस्तै जुम्ला युवा नेता दानसिंह परियार, दैलेखमा मीना सिंह रखाल, रुकुमपश्चिममा सुशीलकुमार थापा र सुर्खेतमा नवराज रावतले संयोजकको जिम्मेवारी पाएका छन् । एमालेको ११ औँ अधिवेशन अघि पनि रुकुमपश्चिमका संयोजक थापा बाहेक अन्य नेताहरु जिल्ला संयोजककै भूमिकामा थिए ।
एमालेले केन्द्रीय सदस्यहरुलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । बाँकी जिल्लाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरुलाई पनि सदस्यमा राखिएको छ । जसअनुसार हुम्लाका गारखबहादुर बोगटी र दल फडेरा, कालीकोटका इन्दिरा कुमारी पन्थी (सञ्ज्याल), जाजरकोटका चन्द्रप्रकाश घर्ती, निरज आचार्य, दैलेखका पार्वती विशुन्के, राजबहादुर बुढाक्षेत्री, रुद्रबहादुर शाही, विष्णु रिजाल, सूर्यकुमारी श्रेष्ठ र सुर्खेतका पद्मा खड्का र मोहनमाया ढकाल सम्बन्धित जिल्लामा सदस्यको रुपमा छन् ।
प्रतिक्रिया दिनुहोस्