उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले ३३ लाख राहत वितरण, ६ लाखभन्दा बढी बिरुवा उत्पादन र ४१ हेक्टर अतिक्रमित वन फिर्ता ल्याएका छ ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक प्रगति विवरण अनुसार आन्तरिक मामिला तथा काननु मन्त्रालयले १६ हजार बढी घरको वीमा गरेको जनाएको छ । मन्त्रालयका निमित्त सचिव उत्तम गौतमले कर्णालीका १५ स्थानीय तहका १६ हजार ७२ घरको घर बिमा गरेको गरेको जानकारी दिए ।
त्यस्तै गएको आर्थिक वर्ष २०८१/०८२ मा चार हजार ४१ जनालाई सहिद स्मृति भत्ता तथा घाइते अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण गरेको जनाएको छ । मन्त्रालयले सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते तथा अपांग भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गरेको हो । प्रदेश सरकारले स्थानीय तहमार्फत सशस्त्र संघर्ष, जनआन्दोलन र प्रदेश स्थापनाका लागि भएको आन्दोलनका सहिद तथा बेपत्ता परिवारका हकवालालाई सहिद स्मृति भत्ता र घाइते तथा अपांग भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता स्वरुप प्रति महिना दुई हजार रुपैयाँ वितरण गर्दै आएको छ ।
चालु आर्थिक वर्षमा पनि मन्त्रालयले भत्ताका लागि विवरण पठाउन स्थानीय तहलाई निर्देशन दिइसकिएको छ । मन्त्रालयले यो भत्ताका चालु आर्थिक वर्षका लागि साउन मसान्तभित्र विवरण पठाइ सक्न स्थानीय तहलाई निर्देशन दिएको निमित्त सचिव गौतमले जानकारी दिए ।

घर बिमा कार्यक्रम, पत्रकार स्वास्थ्य बिमालगायतका कार्यक्रम गर्न गरेर समग्रमा गएको आर्थिक वर्षमा मन्त्रालयले ७१ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ ।
त्यस्तै गएको आर्थिक वर्षमा उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले १२ करोड राजस्व सङ्कलन गरेको छ । संकलित राजश्वमध्ये वनतर्फ १० करोडभन्दा बढी र उद्योगतर्फ दुई करोडभन्दा गरेर १२ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको मन्त्रालयका निमित्त सचिव रमेश गिरीले जानकारी दिए ।
त्यस्तै मन्त्रालयले प्रदेशभर गएको आर्थिक वर्षमा ६ लाखभन्दा बढी बिरुवा उत्पादन गरेका छ । त्यस्तै ४१ हेक्टर अतिक्रमित वन फिर्ता ल्याएको, वनजयन्तुबाट पीडित भएकालाई ३३ लाखभन्दा बढी रुपियाँ राहत प्रदान गरेको मन्त्रालयका निमित्त सचिव गिरीले जानकारी दिए । यो मन्त्रालयले गत आर्थिक वर्षमा ७२ प्रतिशत उपलब्धि हासिल गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्