२०८३ वैशाख ६ , आइतबार
मन्त्रीपरिषदको निर्णय

कर्णालीका तीन अस्पताललाई एक/एक करोड बजेट



सुर्खेत । कर्णाली प्रदेश सरकारले विभिन्न जिल्लाका तीन वटा अस्पताललाई एक÷एक करोड बजेट दिने निर्णय गरेको छ ।
विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सुर्खेतको सालकोट अस्पताल, दैलेखको दुल्लु अस्पताल र कालीकोटको खेतु प्राथमिक स्वास्थ्य चौकीलाई एक/एक करोड बजेट दिने निर्णय गरेको हो । अस्पालका लागि स्थानीय तहमार्फत ती मन्त्रालयलाई बजेट दिने निर्णय गरेको हो ।
जस अनुसार सालकोट अस्पतालको लागि पंचपुरी नगरपालिका, दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई र कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक/एक रोड बजेट पठाउने निर्णय गरेको छ ।


प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट दिने निर्णय गरेको हो ।
बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि साठी लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको छ ।
प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार