सुर्खेत । माघको आक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५७ वर्षीया गङ्गा सारु रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनलाई भेरीगङ्गा नगरपालिका–५ गेरवानीमा बाघको आक्रमण गरेको हो । प्रहरीका अनुसार गङ्गा सारु मङ्गलबार बिहान करिब ८ बजे कसैलाई जानकारी नदिई घरबाट बाहिर निस्केकी थिइन् । तर लामो समयसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो ।

मृतकका नातिनीहरू घरदेखि करिब १०० मिटर उत्तरतर्फको सालघारीमा बाख्रालाई घाँस काट्न गएका बेला गङ्गा सारुले लगाएका कपडा र चप्पलसहित रगत देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी, नेपाली सेना, वन कर्मचारी तथा स्थानीय जनप्रतिनिधिसहितको टोली घटनास्थलमा खटिएको थियो ।
प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्