सुर्खेत । नेपालको संविधानले राष्ट्रिय सभालाई विज्ञहरुको थलोको रुपमा परिकल्पना गरेको छ । तर दलहरुले भने जनताबाट अनुबन्दित नभए आफन्त र आर्शिवाद पाएकाहरुलाई नै राष्ट्रिय सभामा पठाउने गरेका छन् ।
त्यसको पछिल्लो उदाहरण बुधबार कर्णाली प्रदेशबाट नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रिय सभामाका उम्मेद्वार छाैटलाई लिन सकिन्छ । कर्णालीबाट राष्ट्रिय सभाका लागि काँग्रेस र एमालेले आम चुनावा हारेर र यसअघि समानुपातिक सांसद भइसकेका व्यक्तिलाई राष्ट्रिय सभाको उम्मेद्वार बनेको छ ।
काँग्रेसले २०७९ को आम निर्वाचनमा प्रदेशसभाको निर्वाचन हारेक काँग्रेसले ललितजंग शाही र एमालेले २०७४ मा समानुपातिक कोटामा प्रदेशसभा सदस्य बनेका मीनासिंह रखालाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको हो ।

राष्ट्रिय सभा उम्मेद्वार ललितजंग शाही
नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिका सभापति समेत रहेका शाही यसअघि नै मतदाताले नपत्याएका व्यक्ति हुन् ।
उनी जुम्ला प्रदेशसभा (क) मा काँग्रेसका विद्रोही उम्मेद्वार देबेन्द्रबहादुर शाहीसँग १ हजार ९ सय ९९ मतान्तरले चुनाव हारेका थिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कर्णालीबाट नयाँ र अवसर नपाएका व्यक्तिलाई राष्ट्रिय सभाको उम्मेद्वार बनाएको छ । नेकपाले रुकुमपश्चिमका बुद्धिप्रसाद शर्मा र डोल्पाका अञ्जु महत्तरालाई उम्मेद्वार बनाएको हो ।

राष्ट्रिय सभा उम्मेद्वार मीनासिंह रखाल
कर्णालीमा महिला कलस्टर र अन्य गरी दुई सिटका लागि निर्वाचन हुन लागेको हो । राप्रपा र स्वतन्त्र बाहेक कर्णालीमा काँग्रेसको १ हजार ८ सय ६३, नेकपाको १ हजार ८ सय ४४ र नेकपा एमालेको १ हजार १ सय ९५ मत छ । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि ४० प्रदेशसभा सदस्य र १५८ जना स्थानीय तहका र उपप्रमुख गरी कुल १९८ कुल मतदाता छन् । यद्यपी स्थानीय तह र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्रबाट निर्वाचन जितेकाहरु भने हाल पार्टीमा प्रवेश गरीसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्