सुर्खेत । राष्ट्रिय सभा सदस्यका लागि कर्णालीबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी दर्ता गराएको छ । नेकपाले महिला तर्फ अञ्जु महत्तरा र अन्यतर्फ बुद्धिप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । महत्तारा डोल्पा र शर्मा रूकुमपश्चिमका हुन्।

शर्माको प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्ट र कृष्णबहादुर जिसी समर्थक छन् । त्यस्तै महत्तराको प्रस्तावकमा कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक र समर्थकमा मिलन खड्का रोका छन् ।
नेकपाले दिउँसो तीन बजे प्रदेश निर्वाचन कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएको हो । उम्मेद्वारी दर्ताका लागि नेकपाले बुधबार नै डोल्पाबाट महत्तरा र रुकुमपश्चिमबाट शर्मालाई सुर्खेत बोलाएको थियो । सोही कारण नेकपाले ढिलागरी उम्मेद्वारी दर्ता गराएको हो ।
प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार
प्रतिक्रिया दिनुहोस्