२०८३ वैशाख ६ , आइतबार
राष्ट्रिय सभा निर्वाचन

कर्णालीबाट काँग्रेसका शाहीकाे उम्मेदवारी दर्ता



सुर्खेत । नेपाली काँग्रेसबाट जुम्लाका ललितजंग शाहीले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस प्रदेश कार्यसमितिका सभापति समेत रहेका शाही २०७९ काे प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसकै विद्रोही उम्मेदवार देबेन्द्र बहादुर शाहीसँग पराजित भएका थिए ।

शाहीलाई कर्णाली प्रदेशसभा सदस्य बेदराज सिंह प्रस्ताव र कर्णाली प्रदेसभा सदस्य खड्क पाेखरेल समर्थक छन् ।

प्रकाशित मिति : २०८२ पुस २३ गते बुधबार