२०८३ वैशाख ६ , आइतबार

सवारी दुर्घटनामा दुई जना घाइते



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मंगलबार भएको सवारी दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । रेडियो नेपाल नजिकै जीप र मोटरसाईकल ठोक्कीदा दुइ जना घाइते भएका हुन् । घाइते हुनेहरुमा चन्दननाथ नगरपालिका–९ जुम्लाका २४ वर्षीय विकास नेपाली र तातोपानी गाउँपालिका–३ बस्ने २५ २५ वर्षीय विवेक उपाध्याय घाइते छन् । घाइतेमध्ये नेपालीको कर्णाली कियर र उपाध्यायको प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुस २२ गते मंगलबार