२०८३ वैशाख ६ , आइतबार
स्थानीय सरकार

किशोरीहरुलाई आत्मरक्षा तालिम सिकाउँदै चौकुने



सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकाले किशोरीहरुलाई आत्मरक्षा तालिम सिकाउन थालेको छ । पहिलो चरणमा गाउँपालिकाले वडा नं. ६, ७ र ८ का ३० जना किशोरीहरुलाई आत्मरक्षा तालिम दिएको छ । आइतबारदेखि सुरु भएको तालिममा विभिन्न विद्यालयका गरी ३० जना किशोरीहरु छन् । उनीहरु कक्षा ८ देखि १२ सम्म अध्ययनरत किशोरीहरु हुन् ।


यही २४ गतेसम्म सञ्चालन हुने तालिममा जीवन ज्योति मावि झकमके, सिद्देश्वरी मावि सान्नेघारी र नेपाल राष्ट्रिय मावि भट्टेसराका किशोरी छात्राहरु सहभागी छन् ।गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना गरेको कार्यक्रमको कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष खड्क विकले आत्मरक्षा सीप अप्ठेरो परिस्थितिमा अत्यन्तै उपयोगी हुने उल्लेख गर्दै सहभागी छात्राहरूलाई तन–मन लगाएर अनुशासित ढंगले तालिम लिन आग्रह गरे । उनले तालिमले किशोरीहरूलाई शारीरिक रूपमा मात्र नभई मानसिक रूपमा पनि मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले तालिम सफलताको कामना गरे ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विक, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकेन्द्रबहादुर बुढा, चौकुने गाउँपालिका खेलकुद विकास समिति उपाध्यक्ष विजय विक, महिला तथा बालबालिका शाखा प्रमुख मनिषा कुमारी कँडेल, प्रशिक्षकहरू तेजु गुरुङ र सोना थापा लगायत सहभागी थिए ।

प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार