
सुर्खेत । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सुर्खेत लगायत देशभरका मुख्य मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ । पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय पषिद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ ।
यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।
आयोगका अनुसार यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले २०८२ माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नुहुनेछ ।
जस अनुसार सुर्खेतमा सर्वाेच्च अदालतका इजलास अधिकृत कैलाशप्रसाद भट्टराईलाई सुर्खेत क्षेत्र नं. १ काे निर्वाचन अधिकृत र सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकाललाई सुर्खेत क्षेत्र नं. २ काे मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
देशभर निर्वाचन अधिकृतहरु तोकिएसँगै निर्वाचनको माहोल तातिएको छ । सरकारले निर्वाचनका लागि सबै तयारी थालेसँगै दलहरु पनि निर्वाचनको तयारीमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस्