
सुर्खेत । कर्णाली प्रदेश सरकारको एकीकृत भवन निर्माण सम्बन्धी अध्ययन गर्न गठिन समितिले काम थालेको छ । अर्थ तथा प्राकृतिक स्रोत समिति अन्र्तगत उपसमितिले आइतबारदेखि प्रारम्भिक छलफल सुरु गरेको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए । ‘आइतबार बैठक बसेर प्रारम्भीक अध्ययन सुरु गरेको छ’ सूचनाअधिकारी पौडेलले भने, ‘उपसमितिले अध्ययनपछि समितिलाई प्रतिवेदन पठाउने छ ।’
आइतबार समितिका संयोजक विरबहादुर शाहीको अध्यक्षतामा बैठक सबेको हो । बैठकमा समितिको एकीकृत भवन निर्माण सम्बन्धी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट प्राप्त कागजातहरुको अध्ययन सुरु गरेको समितिका सचिव आशिस राइले जानकारी दिए ।

सरकारले उपलब्ध गराएका कागजातहरुको अध्ययनका लागि विषय विज्ञसँग समेत सुझाव लिएको छ । समितिले मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक गोविन्द खत्रीलाई विज्ञका रुपमा आमन्त्रण गरेर अध्ययन सुरु गरेको सचिव राइले बताए । खत्री मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियर निकायका प्राध्यापनरत छन् ।
समितिका सदस्यहरुलाई प्राविधिक ज्ञान नभएका कारण विज्ञका रुपमा खत्रीलाई बोलाउनु परेको हो ।
शनिबार मात्र गठन भएको समितिमा तीन सदस्यीय समितिमा कलबहादुर हमाल र बलिमाया बुढा सदस्य छन् । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना एकीकृत भवन निर्माण सम्बन्धी कागजातहरु सरकारसँग माग गरेको थियो । एकीकृत भवन निर्माणमा अस्वभाविक लागतदेखिएपछि समितिले त्यसको वास्तविकता बुझ्न उपसमिति गठन गरेर अध्ययन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्