
सुर्खेत । आगामी फाुगन २१ हुने प्रतिनिसभाको निर्वाचनमा सुर्खेत क्षेत्र नं. २ मा एमालेले कुलमणि देवकोटालाई उम्मेद्वारका रुपमा सिफारिस गरेको छ । शनिबार बसेको बैठकले देवकोटालाई प्रतिनिसभाको प्रत्येक्ष तर्फको उम्मेद्वार बनाउने निर्णय गरेको हो । देवकोटा एमाले सुर्खेत जिल्ला कमिटीको अध्यक्ष समेत हुन् । उनी पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा भिड्न थालेका हुन् ।
यो सँगै एमाले पूर्णरुपमा निर्वाचनमा होमिएको छ । शनिबार नै एमालेले सुर्खेत क्षेत्र नं. १ मा धुव्रकुमार शाहीलाई प्रतिनिधिसभाका लागि प्रत्येक्षतर्फ उम्मेद्वारका लागि सिफारिस गरेको थियो ।
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्