२०८३ वैशाख ६ , आइतबार
चुनावी

सुर्खेत क्षेत्र १ बाट एमालेका शाहीको उम्मेद्वारी सिफारिस



सुर्खेत । नेकपा (एमाले) ले सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ बाट धुर्वकुमार शाहीलाई उम्मेदवार बनाउने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शाहीलाई उम्मेद्वारका लागि सिफारिस गरिएको हो ।
शनिबार बसेको क्षेत्र नम्बर–१ समन्वय समितिको पूर्ण बैठकले शाहीलाई सर्वसम्मत रूपमा एकल उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो । एमाले कर्णाली प्रदेशका सचिव समेत रहेका शाही सोही क्षेत्रबाट यसअघि दुई पटक प्रतिनिधिसभाको उम्मेद्वार बनेका थिए । जसमधये २०७४ सालको निर्वाचनमा एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेलका कारण नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पराजित गरेका थिए । तर २०७९ सालको निर्वाचनमा भने शाही खड्कासँग पराजित हुन पुगेका थिए ।
प्रतिनिधिसभा निर्वाचनको उम्मेद्वारका लागि एमालेका जिल्ला सचिव कविन्द्रकुमार केसी, खड्क खत्री, डण्डप्रसाद शर्मा समेत आकाक्षी थिए । तर शाहीलाई मात्र उम्मेद्वार सिफारिस गरिएको हो ।

प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार