
सुर्खेत । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुर्खेतको अध्यक्षमा महेश अधिकारी विजयी भएका छन् । शनिबार (आज) सम्पन्न मतदानमा अधिकारीले ३६ मतसहित जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी राजकुमार सिजापतिले २२ मत ल्याए । कूल ५९ मत खसेकोमा एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ
यसअघिको कार्यसमितिमा अधिकारी सचिव र सिजापति उपाध्यक्ष थिए । अधिकारी वीरेन्द्रनगर–६ मा रहेको मिशन बुक हाउका सञ्चालक हुन् । अध्यक्षमा निर्वाचित अधिकारीले संक्षिप्त प्रक्रिया दिँदै पुस्तक तथा स्टेशनरी व्यवसायीको हकहित एवम् व्यवसायीक उन्नयनका सवालमा काम गर्ने जनाए । ‘व्यवसायीहरूलाई थप एकताबद्ध गर्दै महासंघको गरिमा उचाे राखिनेछ,’ उनले भने, ‘व्यवसायीका समस्या समाधानका लागि प्रयास रहनेछ ।’ महासंघको अध्यक्षबाहेकका पद यसअघि नै सर्वसम्मत चयन गरिएको थियो ।
प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार
प्रतिक्रिया दिनुहोस्