२०८३ वैशाख ६ , आइतबार

कर्णाली सरकारको प्रशासनिक भवन निर्माणबारे अध्ययन गर्न उपसमिति गठन



सुर्खेत । कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिको बैठकले कर्णाली प्रदेश सरकारको प्रशासनिक भवन निर्माणसम्बन्धी विषयमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
समितिको शनिबार बसेकाे बैठकले समितिका सदस्य विरबहादुर शाहीकाे संयाेजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरिएको कर्णाली प्रदेश सभा सचिवालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पाैडेलले जानकारी दिए । समितिकाे सदस्यमा बलिमनया बुढा र कल बहादुर हमाल छन् ।
बैठकमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयबाट माग गरिएअनुसार समितिमा प्राप्त कर्णाली प्रदेशको प्रशासनिक भवन निर्माणसम्बन्धी विवरण, प्रगति तथा अवस्थाबारे अध्ययन आवश्यक देखिएकाले उपसमिति गठन गर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
उपसमितिले प्रशासनिक भवन निर्माणसँग सम्बन्धित पक्षहरूको अध्ययन, तथ्य संकलन तथा आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदनका आधारमा आगामी निर्णय र निर्देशन तय गरिने समितिको भनाइ छ ।

प्रकाशित मिति : २०८२ पुस १९ गते शनिबार