
सुर्खेत। कर्णाली प्रदेश सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा रहेको कर्णाली प्रदेशकै अग्रणी संस्था पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि।ले राष्ट्रिय सहकारी नियमन प्राधिकरण पुलचोक ललितपुरबाट संस्थाको मुख्य कारोवर बचत तथा ऋण सञ्चालनका लागि ईजाजत प्राप्त गरेकोछ ।बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाको नियमन गरी सुशासन कायम गर्ने उद्देश्यले स्थापित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोवार गर्ने संस्थाहरुलाई २ महिनाको समय सिमा भित्र प्राधिकरणमा दर्ता हुन आह्यवन गरेको थियो सोही अनुसार पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोवार गर्न अनुमति पाएको हो ।

प्राधिकरणबाट भएको मूल्यांकन तथा प्रक्रियापछि पिपलबोट साकोसलाई बचत तथा ऋणको मुख्य कारोवार गर्न अनुमति प्रदान गरिएको जनाइएको छ । इजाजत प्राप्त भएसँगै संस्थाले कानुनी हैसियतसहित आफ्ना सदस्यहरूलाई वित्तीय सेवा प्रदान गर्ने बाटो खुलेको छ ।
संस्थाले पारदर्शिता, अनुशासन र सुशासनलाई प्राथमिकतामा राख्दै सहकारी अभियानलाई मजबुत बनाउने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्