२०८३ वैशाख ६ , आइतबार

कोइला बालेर सुतेका १ जनाको मृत्यु, तीन जना बेहोस



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कोठाभित्र कोइला बालेर सुतेका कारण निसास्सिएर एक शिशुको मृत्यु भएको छ भने एउटै परिवारका तीन जना बेहोस भएका छन् ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्दै आएकी तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेको जिल्ला प्रहरीले जनाएको छ । शिशुको घटनास्थलमै मृत्यु भएको हो ।
भेरीगङ्गा नगरपालिका–२ स्थायी घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी करिब ३२ वर्षीया तारा बुढा, उनकी करिब १३ वर्षीया भदैनी संगम बुढा र १० वर्षीय छोरा प्रकाश बुढा चिसोबाट बच्न कोठाभित्र कोइला बालेर सुतिरहेका थिए ।
बेहोस भएका तारालाई, संगम बुढा र प्रकाश बुढालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कालागाउँ पु¥याइएको छ । हाल ताराका श्रीमान् गोपी बुढाको उपस्थितिमा उनीहरूको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार