
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको चार महिनामा साढे ९ करोड यातायात कर उठाएको छ । प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका यातायात व्यवस्था कार्यालयहरुबाट गरेर ९ करोड ५४ लाख ४७ हजार ७ सय ७३ रुपैयाँ यातायात राजश्व संकलन गरेको मन्त्रालयको सचिव अर्जुनकुमार बमले जानकारी दिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको कात्र्तिक मसान्तसम्म यातायातबाट यो राजश्व संकलन गरेको हो । जसमध्ये यातायात व्यवस्था कार्यालयले सबैभन्दा बढी राजश्व संकलन गरेको छ ।
ववरणअनुसार सुर्खेत कार्यालयबाट मात्रै कुल ८ करोड ४३ लाख ३ हजार १ सय ४५ रुपैयाँ यातायात कर संकलन भएको हो । जसमध्येपनि यातायात क्षेत्रको आम्दानी शीर्षकमा २ करोड ६६ लाख ९ हजार २ सय ६० रुपैयाँ, सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव सम्बन्धी दस्तुरसहित ९१ लाख ६७ हजार १ सय १० रुपैयाँ र सवारी साधन करबाट ७ करोड २३ लाख ५९ हजार ७ सय ७५ रुपैयाँ र प्रशासकिन दण्ड जरिवाना र जफतमा ७ हजार रुपैयाँ संकलन भएको हो ।
त्यस्तै यातायात व्यवस्था सेवा कार्यालय जुम्लाबाट यातायात क्षेत्रको आम्दानीतर्फ ४ लाख ९७ हजार, सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव सम्बन्धी दस्तुरमा १६ लाख २० हजार पाँच सय, सवारी साधन करबाट २४ लाख २० हजार २ सय ९ रुपैयाँ र प्रशासकिन दण्ड जरिवाना र जफततर्फ २ लाख ८ हजार गरेर कुल ४७ हजार ४५ हजार सातसय ७ रुपैयाँ संकलन भएको छ ।
त्यस्तै यातायात व्यवस्था सेवा कार्यालय रुकुमपश्चिमबाट यातायात क्षेत्रको आम्दानी शीर्षकमा कुनै पनि आम्दानी भएको छैन ।
त्यस्तै सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव सम्बन्धी दस्तुरमा ५ लाख ८७ हजार, सवारी साधन करवाफत ५९ लाख १० हजार चार सय २२ रुपैयाँ र प्रशासकिन दण्ड जरिवाना र जफतमा एक हजार पाँच सय गरेर कुल ६४ लाख हजार ९८ हजार ९ सय २१ रुपैयाँ संकलन भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्