२०८३ वैशाख ६ , आइतबार
चुनावी चर्चा

कर्णालीबाट काँग्रेसका ९ जना समानुपातिक उम्मेद्वार (सूचिसहित)



सुर्खेत । नेपाली काँग्रेसले समानुपातिक उम्मेद्वारको टुङ्गो लगाएको छ । जस अनुसार कर्णाली प्रदेशबाट काँग्रेसले ९ जनालाई समानुपातिकको बन्द सूचिमा राखेको हो । बन्द सूचिमा पर्नेहरु डोल्पाबाट गोमा केसी, सल्यानबाट ध्रुव बहादुर मल्ल, मुगुबाट रोम रोकाय र कालीकोटबाट कालीबहादुर सहकारी छन् ।
केसीलाई जिल्ला कमिटीले उम्मेद्वार सिफारिस गरेको थिएन् । जिल्लाबाट काँग्रेसले टंकप्रसाद उपाध्याय, जयकुमारी शाही र रमादेवी न्यौपानेलाई समानुपातिक सांसदका लागि सिफारिस गरेको थियो । तर केन्द्रले केसीलाई समानुपातिक सांसदको सूचिमा समावेश गरेको हो ।
त्यस्तै सुर्खेतबाट पावतीकुमारी गिरी, हुम्लाबाट ताराबहादुर लामा, दैलेखबाट सरस्वती श्रेष्ठ, रुकुमपश्चिमबाट मानबहादुर नेपाली र जाजरकोटबाट हजारी नेपाली बादी काँग्रेसको समानुपातिक उम्मेद्वारको सूचिमा परेका छन् ।
श्रेष्ठलाई जिल्ला कमिटी दैलेखले उम्मेद्वारका लागि सिफारिस गरेको थिएन । जिल्ला कमिटीले दैलेख क्षेत्र नं. १ मा निर्मलाकुमारी खड्का थापा, मीनाकुमारी थापा, मोहनमाया प्याकुरेल (महिला), गणेशकुमार श्रेष्ठ, दुर्गाकुमारी श्रेष्ठ, कुलबहादुर विक, दीपक सोनी, गणेशबहादुर बोगटी र क्षेत्र नं. २मा जानकीकुमारी विष्ट, पूर्णबहादुर थापा, भगवतीप्रसाद रेग्मी, लीलाराम उपाध्याय, शेरबहादुर शाही, सूर्य विकलाई समानुपातिक उम्मेद्वारका लागि प्रदेशहुँदै केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो । तर केन्द्रीय कमिटीले श्रेष्ठलाइ नै उम्मेद्वारको बन्द सूचिमा समावेश गरेको हो ।
कर्णालीबाट काँग्रेसको समानुपातिक उम्मेद्वार बन्न ६४ जना प्रतिस्पतर्धामा थिए । जसमध्ये ९ जनाले मात्रै समानुपातिकको बन्द सूचिमा परेका हुन् ।
समानुपातिक उम्मेद्वारको बन्द सूचिमा जुम्लाबाट कुनै पनि उम्मेद्वार छैनन् । जुम्लाबाट समानुपातिक सांसदका लागि दीनबन्धु श्रेष्ठ, लक्ष्मीप्रसाद आचार्य, धनबहादुर बस्नेत, जयहरी आचार्य, पुरीचन्द्र देवकोटा उपाध्याय, गोविन्द शाही, परेकलाल घर्ती, लालबहादुर जिसी, माया सार्की, नेत्रकला शाही, गोरखबहादुर सुनार, नविना केसी बडुवाल, रन्जब अलब मनिहर, कर्णजंग हमाल, रामकृष्ण न्यौपाने प्रतिस्पर्धामा थिए । जिल्लाबाट धेरैको नाम सिफारिस गरेपछि काँग्रेसले कसैलाई पनि बन्द सूचिमा समावेश गर्न नमानेको हो । एक व्यक्तिलाई समानुपातिक उम्मेद्वारको सूचिमा समावेश गर्दा पार्टीभित्र विवाद थप बल्झने र त्यसको प्रत्येक्ष असर प्रत्यक्षतर्फको उम्मेद्वारमा पर्ने भएपछि काँग्रेसले जुम्लाबाट कसैलाई पनि समानुपातिक सांसद नबनाएको हो ।

प्रकाशित मिति : २०८२ पुस १५ गते मंगलबार