
सुर्खेत । सुर्खेतमा सोमबार भ्यानले मोठरसाइकललाई ठक्कर दिँदा एक व्यक्ति घाइते भएका छन् । वीरेन्द्रनगरको फोरलेन सडक खण्डको रेडियो नेपाल अगाडि भ्यान मोटर साईकलाई ठक्कर दिँदा मोटरसाइकल चालक ७९ बर्षीय अर्जुनदेव गिरी घाइते छन् । गिरीको मुख र टाउँमा चोट लागेको छ । उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मुलपानीचोकबाट टेम्पोपार्कतर्फ जादै गरेको बागमती प्रदेश ०१०२८ च.४९५० नम्बरको भ्यान र गिरीले चलाएको कर्णाली प्रदेश ०२००१ प १४४९ नम्बरको मोटरसाईकललाई एक आपसमा ठोक्किएका थिए । भ्यानका चालक र दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८२ पुस १४ गते सोमबार
प्रतिक्रिया दिनुहोस्