
सुर्खेत । मनोसामाजिक अपाङ्गताका सवालमा पैरवी गर्न कोशिश सुर्खेतले पाँच महिने कार्ययोजना तयार गरेको छ । मनोसामाजिक अपाङ्गता भएका व्यक्तीहरूका लागि पैरवी कसरी गर्ने भन्ने विषयमा गरिएको तालिमपछि पुसदेखि बैशाखसम्म लागू हुने योजना बनाइएको हो ।
कार्ययोजनाअनुसार मनोपरामर्श सेवा, निशुल्क स्वास्थ्य बीमा, निशुल्क औषधि, अपाङ्गता लक्षित बजेट, सिप तथा क्षमता विकास र आयआर्जन कार्यक्रमका लागि पैरवी गरिनेछ । परिवारभित्र हुने हेला र दुर्व्यवहार तथा यातायात छुटका विषयमा पनि पहल गरिनेछ।
कोशिश सुर्खेतका अध्यक्ष खैरुन निशाका अनुसार सम्बन्धित निकाय र सरोकारवालासँग छलफल, अन्तरक्रिया र बहसमार्फत तथ्याङ्कसहित ध्यानाकर्षण गराइनेछ । यसैबीच, पैरवीलाई प्रभावकारी बनाउन कोशिशले तीन दिने तालिम दिएको थियो । वीरेन्द्रनगरमा सम्पन्न तालिममा १८ जनाको सहभागिता रहेको थियो । तालिमका प्रशिक्षक कुन्दन काफ्लेले मनोसामाजिक अपाङ्गता भएका व्यक्तीमाथि विभेद गर्ने कानुन संशोधन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्