
सुर्खेत । नेपाल मगर संघ कर्णाली प्रदेशको अध्यक्षमा रत्न बहादुर गाहा निर्वाचित भएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनले गाहाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा काशीमाया राना र गोविन्द्र बुढा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा डम्मरबहादुर गरंजा, सहसचिवमा लोकबहादुर बुढा, खड्क थापा, जय बहादुर बराल र पासाङ्लामु रोकाया निर्वाचित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा निर्माला गाहा र सहकोषाध्यक्षमा देव बहादुर रामजाली निर्वाचित भएका छन् । सदस्यहरुमा अमृता गाहा, खगीसरा खाम्पा, राजु तारुङ्ग, पूर्ण बुढा, जीत बहादुर सिजाली, ममता गाहा, धनबहादुर रोका, सूर्य बहादुर बुढा, तेजेन्द्र छेमु रोका र देव प्रसाद बोहोरा निर्वाचित भएका छन् ।
अधिवेशनले डम्मर गरंजा, दीप बहादुर राना, रमा थापा, टक बहादुर घर्ती र बेलबहादुर घर्तीलाई महाधिवेशन प्रतिनिधिका रुपमा चयन गरेको छ ।
अधिवेशनले संगठनलाई थप सुदृढ बनाउने, मगर समुदायको पहिचान, हक–अधिकार र समावेशी प्रतिनिधित्वका विषयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नव निर्वाचित नेतृत्वले कर्णाली प्रदेशमा मगर समुदायको सामाजिक, सांस्कृतिक तथा शैक्षिक विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने जनाएको छ ।
अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले संगठनलाई अझ प्रभावकारी बनाउँदै संस्थागत सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्