
सुर्खेत । नेपाल उद्योग व्यापार महासंघ कर्णाली प्रदेशको दोस्रो अधिवेशनबाट प्रेमबहादुर रावतको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। अधिवेशनले रावतलाई अध्यक्षमा चयन गर्दै २० सदस्यीय कार्यसमिति गठन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुवन खड्का चयन भएका छन्। उद्योग उपाध्यक्षमा तुलाधा पराडी, वाणिज्य उपाध्यक्षमा दिवाकर गौतम, महिला उपाध्यक्षमा मनकुमारी बोहोरा र खुल्ला उपाध्यक्षमा मनोज बुढा निर्वाचित भएका छन्।
यस्तै, उपमहासचिवमा देवीकृष्ण पाण्डे, कोषाध्यक्षमा खेमराज आचार्य, सह–कोषाध्यक्षमा कलसा देवी चौलागाई तथा सचिवमा गोविन्द धिमिरे चयन भएका छन्।
कार्यसमितिको सदस्यहरूमा पूर्णबहादुर रोकाय, पवित्रा टमटा, धनराज जैसी, तेजबहादुर सिंहलगायत रहेका छन्।
नवनिर्वाचित अध्यक्ष रावतले कर्णाली प्रदेशको उद्योग, व्यापार र व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै निजी क्षेत्रका समस्या समाधान, लगानीमैत्री वातावरण निर्माण तथा प्रदेशको आर्थिक विकासमा महासंघलाई सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस्