
सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेत शाखाले पछिल्लो समय पत्रकारिताको नाममा देखिएका केही गैरजिम्मेवार गतिविधिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्दै समाजलाई उत्तेजित बनाउने, असत्य र भ्रामक सामग्री प्रसारण गर्ने तथा पत्रकारिताको आचारसंहिता विपरीत काम नगर्न सबै सञ्चारकर्मीलाई आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमार्फत महासंघले सत्य, सन्तुलित र जिम्मेवार पत्रकारितामार्फत जनताको विश्वास कायम राख्न तथा समाजमा सकारात्मक भूमिका निर्वाह गर्न पत्रकार समुदायलाई अपिल गरेको छ।
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार
प्रतिक्रिया दिनुहोस्