२०८३ वैशाख ६ , आइतबार
प्रतिनिधिसभा निर्वाचन

सुर्खेत–२ मा नेकपाबाट झकबहादुर मल्ल एकल सिफारिस



सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेतले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेको छ । नेकपाले सुर्खेत क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ झकबहादुर मल्ल ‘सुदीप’ लाई उम्मेद्वारका लागि एकल सिफारिस गरेको हो । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सुर्खेत क्षेत्र २ बाट मल्लको एकल उम्मेद्वारी सिफारिस भएको हो ।
शुक्रबार उम्मेदवार छनोटको लागि नेकपा जिल्ला कार्य समिति सुर्खेतले बैठकले प्रत्यक्षतर्फ मल्लको मात्रै नाम केन्द्रमा सिफारिस गरेको हो । अहिले एकीकृतसहितको नेकपाले पूर्व माओवादी जनमुक्ति सेनाका लडाकु मल्ललाई उम्मेदवार बनाएको ती नेताले बताए । मल्ल माओवादी केन्द्र हुँदा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य थिए । सशस्त्र युद्धका बेला सुर्खेत जेलब्रेकका कमाण्डर समेत रहेका युवा नेता मल्लको उम्मेदवारीलाई विशेष रूपमा हेरिएको छ । युवाहरूमाझ लोकप्रिय मल्ल पहिलो पटक संसदीय चुनावमा भाग लिन लागेका हुन् ।

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार