२०८३ वैशाख ६ , आइतबार
विकास निर्माण

राष्ट्रिय प्राथमिकतामा पर्याे मेहलकुनाकाे तीनमुखे पुल



सरकारले मेहेलकुना-खटाङ-घुमखहरे त्रिकोणात्मक झोलुङ्गे पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ । सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलका अनुसार सुर्खेतस्थित भेरी नदीमाथि बन्ने यो पुललाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा मान्यता दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
त्यहाँ नेपालकै लामो तीन मुखे झोलुङ्गे पुल बन्दैछ । भेरी नदीले घेरिएको खटाङ टापुलमा मुख्य पिलर जडान गरी भुर्गाकोट नगरपालिकाका ८, ११ र १२ नम्बर वडालाई यो पुलमार्फत जोड्ने तयारी छ । पुलको तत्कालीन उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पुस २०८१ मा शिलान्यास गरेका थिए । यस पुललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने लक्ष्य राखिएको छ । पुल निर्माणको काम असार २०८३ भित्र सक्ने लक्ष्य छ । यो पुल निर्माणको कुल लागत २१ करोड १९ लाख रुपैयाँ बराबर रहने छ ।

प्रकाशित मिति : २०८२ पुस ११ गते शुक्रबार