२०८३ वैशाख ६ , आइतबार

टिपरले मोटरसाइकललाई ठक्कर दिँखा एक जना घाइते



सुर्खेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोर गम्भीर घाइते भएका छन्। बुधबार बिहान साढे ५ बजेतिर एरीचोकबाट बसपार्कतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ क ००२४ नम्बरको टिप्परले मण्डीलाइनबाट मंगलगढीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२०३५ प ३७९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा किशोर घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा गम्भीर घाइते हुने मोटरसाइकल चालक कालीकोटको शुभकालिका गाउँपालिका–६ घर भई हाल वीरेन्द्रनगर–८ बस्ने १८ वर्षीय टेकराज शाही छन्। उनलाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ लगिएको थियो तर अवस्था गम्भिर भएका कारण नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर चालक वीरेन्द्रनगर–२ बस्ने २३ वर्षीय कमल नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : २०८२ पुस ९ गते बुधबार