२०८३ वैशाख ६ , आइतबार

संवाद क्लब कर्णालीको अध्यक्षमा विश्वकर्मा



सुर्खेत । नेपाल संवाद क्लब कर्णाली प्रदेशको अध्यक्षमा गोविन्द विश्वकर्मा चयन भएका छन् । आइतबार वीरेन्द्रनगरमा भएको एक भेलाले विश्वकर्माको अध्यक्षतामा १५ सदस्यी प्रदेश कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा प्रज्वल चुनारा, उपाध्यक्षमा मालती बिक, महासचिव सञ्जीवकुमार बिसी, सचिवमा यादव पौडेल, उपसचिवमा डिलु सुनार र कोषाध्यक्षमा विवेक स्वर्णकार चयन भएका छन् ।
त्यस्तै किरण बुढा क्षेत्री, नविन पुरी, शान्ति बिक, जगत सुनार, विपना विश्वकर्मा, रविन्द्र तिवारी, भरत सुनार र अजय बिक सदस्यमा चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले संगठनलाई प्रदेशभर विस्तार गर्दै पत्रकारहरूको क्षमता विकासमा काम गर्ने पत्रकारिता र सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८२ पुस ६ गते आइतबार